८ पुस, कालिकोट । कालिकोट सदरमुकाम तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । प्रहरीको गोली लागेर एकजना म्यादी प्रहरीको मृत्य भएपछि कालिकोट सदरमुकाम मान्म तनावग्रस्त बनेको छ । शनिबार स्थानीयवासिन्दासमेत प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन कालिकोट सदरमुकाममा स्थानीय प्रशासनले शनिबार साँझदेखि अनिश्चितकालिक कर्फ्यू लगाएको जारी गरेको हो ।
प्रहरीले हानेको गोली लागेर कालिकोट सदरमुकाम शुक्रबार दिउँसो एकजना म्यादी प्रहरीको मृत्यु भएको थियो । मृतक म्यादी प्रहरी विवेक ऐडीमाथि गोली चलाउने प्रहरीलाई कारवाही तथा उनलाई सहिद घोषणा गर्न माग गर्दै शनिबार दिनभर मान्ममा प्रदर्शन भएको थियो । प्रदर्शनका कारण सदरमुकाम बजार बन्द हुनुका साथै यातायात समेत अवरुद्ध भएको थियो ।












