६ पुस,काठमाडौंँ । नेपाली कांग्रेस र विजय गच्छदारको फोरम लोकतान्त्रिकबीचको एकताले निर्वाचनमा कुनै सहयोग नपुगेको टिप्पणी कांग्रेस नेताहरुले गरिरहेका वेला गच्छदारले ल्याएका नेताहरुले धमाधम पार्टी छाड्न थालेका छन् । गच्छदारको दलका एक प्रमुख नेताका रुपमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जितेन्द्र देव नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका हुन् । स्रोतका अनुसार पार्टी प्रवेश गर्नेबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो समय लगातार भेटवार्तामा व्यस्त छन् ।
नेपाल लोकतान्त्रिक फोरममा हुँदा नै नेता देव माओवादी केन्द्रमा प्रवेश गर्ने योजनामा थिए । गच्छदारले आफ्नो दलको भागवण्डामा उनलाई मन्त्ती पद दिएर मनाएका थिए । अब कांग्रेसको सरकार नरहने र आफ्नो पद पनि नरहने भएपछि देव सत्तामा जान लागेको वामगठबन्धनतिर जान लागेका हुन् ।
तर अहिले उनको पार्टी कांग्रेसमा विलय भएपछि उनको भूमिका त्यति नहुने बुझेपछि अहिले कांग्रेस छोडेर माओवादीमा प्रवेश गर्ने भएका हुन् । एमाले छाडेर गच्छदारको पार्टीमा लागेका नेता देवः माओवादीमा प्रवेश गर्दै पार्टी एकीकरणपछि एमालेमा जाने योजनामा रहेको स्रोतले बतायो ।












