५ पुस, वीरगंज । वीरगंजको ग्यास उद्योगमा भएको भीषण आगलागी ८ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । आगो निभाउने क्रममा दुई व्यक्तिको मृत्यु भएको छ । वीरगंज महानगरपालिका(२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा विहान ७ बजेतिर लागेको आगो दिउँसो ३ बजेपछि नियन्त्रणमा आएको हो । ग्यास बलेका कारण पानीले आगो निभाउन समस्या भएको हो । ग्यास सिलिण्डर विष्फोट भएका कारण नजिकै गएर आगो निभाउन समेत समस्या भएको थियो ।
आगोको ज्वाला कम भएपछि आगो निभाउने ग्यास प्रयोग गरी एस्टिङ्गुइसरको सहायताले आगो नियन्त्रणमा लिइएको हो । ग्यास लिक भइरहेको पाइपसम्म नै सुरक्षाकर्मी पुगेर एस्टिङ्गुइसरसहित भिजेको बोरा प्रयोग गरी आगो निभाइएको थियो । ग्यास लिक भएको पाइपमा भिजेको बोरा कोचेर ग्यास लिक हुन रोकिएको थियो । पुगेका थिए । ग्यास लिक भएको पाइप नजिकै पुगेपछि उनीहरुले एस्टिङ्गुइसर स्प्रे गरेर आगो निभाएका थिए । फेरि त्यसपछि भिजेको बोराले लिक भएको पाइप छोपेर ग्यास लिक नियन्त्रणमा लिएका थिए । उद्योगमा पसेर आगो नियन्त्रण्मा लिन सुरक्षाकर्मीहरुलाई करिब २ घण्टा लागेको थियो ।
आगो निभाउने क्रममा वारुणयन्त्रका दुई कर्मचारीको ज्यान गएको छ । वारुणयन्त्रचालक चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पुर्याइएको छ ।
आगलागी हुनुको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।












