२७ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं ३ को जारी मतगणनामा कांग्रेस उम्मेदवार विजय गच्छदारले एमाले उम्मेदवार भगवती चौधरीभन्दा ५१९ मतले अगाडि पुगेका छन् । गच्छदारले ३६ हजार ८० मत पाएका छन् भने चौधरीले ३५ हजार ५६१ मत पाएकी छन्।
मतगणनाको सुरुदेखि अग्रता बनाएकी चौधरी अन्तिम समयमा पछि परेकी हुन्। अब त्यो क्षेत्रमा जम्मा ६८०६ मत गणना गर्न बाँकी रहेको छ ।
देशभरबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको परिणाम आए पनि सुनसरीको मतगणना सकिन मात्रै बाँकी छ ।














