लामो समय वितिसक्दा पनि दलहरुविच सहति बन्न नसकेका बेला कांग्रेस एमालेले अबिलम्ब वार्ताको आह्वान गरेका छन् । कांग्रेस एमालेका नेताहरुविच बिहिबार बिहान बालुवाटारमा भएको ४ घण्टा लामो छलफलले विपक्षि दलहरुसंग अबिलम्ब वार्ता गर्ने समान धारणा बनाएका हुन् । उनीहरुले आज या भोली नै सुचना जारी गरी विपक्षी दलहरुसंग वार्ता गर्ने सहमति गरेका छन् । एमाले बरिष्ठ नेता झलनाथ खनालले ९ बुदे प्रस्तावकै आधारमा रहेर विपक्षिहरुसँग छलफल गर्ने बताउनु भयो । उहाँले अबिलम्ब छलmिल गर्ने तर आफुहरु ९ बुदे प्रस्तावबाट पछाडि नहट्ने पनि स्पष्ट पार्नु भयो ।
आफुहरु हदैसम्मको लचकताका साथ बार्तामा बस्न चाहको भएपनि एमाओवादी त्यस्तो नभएको नेताहरुको आरोप छ । यता कांग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले निर्णायक बार्ता चाडै हुने र त्यहिबाट निचोड निस्कने बताउनु भयो । सहमति विना संविधान जारी गर्न सहज नभएको भन्दै सहमतिमै संविधान जारी गर्न अबिलम्ब बार्तामा बस्ने सहमति दुइ दलविच भएको बढुको भनाइ रहेको छ । उहाँले पनि कांग्रेस र एमालेको साझा प्रस्ताव ९ बुदे रहेकाले त्यसैमा आधारीत भएर छलफल विपक्षिसंग हुने बताउनु भयो । ९ बुदेबाट पछि नहट्ने तर एमाओवादीका केहि थप बुदा भए समावेस गराउन सकिने प्रवक्ता बडुको भनाइ रहेको छ ।











