२६ मंसिर, काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनको समानुपातिक मतगणनातर्फ एमाले र
कांग्रेसको मतान्तर बढ्दै गएको छ । पछिल्लो परिणामअनुसार एमालेले ११ लाखभन्दा बढी मत पुर्याउँदा कांग्रेस भने १० लाखभन्दा बढी मतमा रहेको छ ।
समानुपातिकतर्फको पछिल्लो परिणामअनुसार एमाले ८० हजार मतान्तरले कांग्रेसभन्दा अगाडि रहेको छ ।
मंगलबार दिउँसोसम्मको परिणामअनुसार एमालेले ११२०९८० मत प्राप्त गरेको छ भने कांग्रेसले १०४०७०१ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्र भने दुवै दलको समानुपातिक मत भने दुवै दलको भन्दा आधाले कम छ । माओवादी केन्द्रले समानुपातिकतर्फ ४५३९८३ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले एक लाख मत पनि पुर्याएको छैन । यो परिणामले समानुपातिकतर्फ दुई दल एमाले र कांग्रेसबीच नै मुख्य प्रतिश्पर्धा देखिएको छ ।













