२६ मंसिर, धनुषा । नेकपा माओवादीका नेता मात्रिका यादव धनुषा १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । यादवले संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
मतगणनाको अन्तिम नतिजाअनुसार विजयी मात्रिका यादवले २६४१८ मत पाए भने उनका निकटतम प्रतिश्पर्धी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७२९६ मत पाए।












