२६ मंसिर, कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता रमेश लेखक पराजित भएका छन् । उनलाई लाई २५८ को झिनो मतान्तरको फरकले एमाले उम्मेदवार दीपक प्रकाश भट्टले पराजित गरेका हुन् ।
भट्टले २६ हजार ३६४ मत ल्याएर निर्वाचित भए । भट्टका निकटतम प्रतिश्पर्धी रमेश लेखकले २६ हजार १०६ मत पाए ।
तेस्रो स्थानको मत पाएका विवेकशील साझा पार्टीका दिपेन्द्र कार्की जम्मा ३०३ मत पाएका छन् ।
भट्टको जितसँगै कञ्चनपुरका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले दईवटा क्षेत्र र एउटामा माओवादी केन्द्रले विजय हासिल गरेका छन् । क्षेत्रनम्बर १ मा विना मगर निर्वाचित भएकी छन् । भने क्षेत्र नम्बर २ मा एमालेका नरबहादुर धामी विजयी भएका छन् ।
यो नतिजासँगै कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा वामगठबन्धन विजयी भएको हो ।












