२५ मंसिर, काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पहिलो दलको अग्रता लिएको एमालेले समानुपातितर्फ पनि अग्रता लिएको छ । समानुपातिकतर्फको पछिल्लो परिणामअनुसार एमाले ३४ हजार मतान्तरले कांग्रेसभन्दा अगाडि रहेको छ ।
सोमबार रातिसम्मको परिणामअनुसार एमालेले ६९६६९६ मत प्राप्त गरेको छ भने कांग्रेसले ६६१७०८ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्र भने दुवै दलको समानुपातिक मत भने दुवै दलको भन्दा आधाले कम छ । माओवादी केन्द्रले समानुपातिकतर्फ ३३०२६३ मत प्राप्त गरेको छ ।















