२५ मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। सोमबार दिउँसो मतगणना सकिएसँगै प्रचण्डले आफ्ना प्रतिश्पर्धी विक्रम पाण्डेलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
प्रचण्डले ४८,२६९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले ३८,९४२ मत पाए। यो हिसाबले प्रचण्डले ९,३२७ मतान्तरले पाण्डेलाई पराजित गरेका छन्।












