२५ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ को जारी मतगणनामा वामगठबन्धनबाट उम्मेदवार रहेकी एमाले उम्मेदवार
पद्मा अर्यालले ५७०३ प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालमान श्रेष्ठ करिब २ हजार मतले पछाडि छन् । श्रेष्ठको मत ३८८६ पुगेको छ । अर्यालले सुरुवातदेखि नै अग्रता लिएकी छिन् ।
मतगणनाको हालसम्मको मतगणनालाई हेर्दा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको किल्ला धरापमा परेको छ । उनी हालसम्मका निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट निरन्तर विजयी हुँदै आएका थिए ।
त्यस्तै स्याङ्जा क्षेत्र नं १ मा पनि वामउम्मेदवार नारायण मरासिनीको अग्रता छ । एमालेबाट उम्मेदवार बनेको मरासिनीको ४१०६ मत पुग्दा कांग्रेसका राजु थापाको २७१७ मत पुगेको छ ।












