२८ फागुन, विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले आगामी जेठमा संविधान जारी गर्नेगरी दलहरुबीच सहमती हुनुपर्नेमा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीहरुसंग कुरागर्दै नेता नेपालले सहमतीको नाममा अलमल्याउन नमिल्ने हुँदा अव सार्थक वार्ताको माध्यमाबाट जेठ १५ मा संविधान जारी गर्ने लिखित सहमति हुनुपर्ने भनाई छ । संविधान ऐतिहासिक दस्तावेज भएकाले जेठ १५ गते गणतन्त्र दिवसको दिन जनतालाई नया संविधान दिनपुर्ने नेपालको भनाइ छ । वार्ता र छलफलका लगि दलहरु आफैंले आलटाल र ढिलासुस्ति गरी रहेको उल्लेख गर्दै नेपालले रात रहे अग्राख पलाए भनेझै दलहरुबीचको वार्ता र छलफल ढिला भए फेरि दलहरुबीच दुरी बढ्ने हुँदा चाँडै वार्ता गरेर देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । विगतका सहमति आज गरेर भोली उल्टाउने भएको भन्दै अब त्यसबाट पाठ सिकेर नयाँ रुपमा दलहरु अगाडि बढ्नुपर्ने नेपालको भनाइ छ ।











