२५ मंसिर, नवलपुर । नेपाली महामन्त्री शशांक कोइराला विजयी भएका छन् । कोइराला नवलपरासीको नवलपुर क्षेत्र नम्बर १ बाट वाम उम्मेदवारलाई ४ हजारभन्दा बढी मतले पराजित गर्दै विजयी भएका हुन् । कोइरालाले ३६ हजार ६५२ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् ।












