२४ मंसिर, काठमाडौं । पार्टी नेतृत्व संहालेपछिको पहिलो आम निर्वाचनमा कांग्रेसले लज्जास्पद हार व्यहोरेका कारण पार्टी सभापतिविरुद्ध शीर उठाएर पार्टी तहसनहस पारेको आरोप लगाउने थिए वरिष्ठ नेता रामचन्द्र पौडेलले । तर, पौडेलको मुख पनि त्यतिवेलै बन्द भयो जतिवेला उनी आफैं झण्डै सात हजार मतान्तरले प्रतिनिधि सभा सदस्यमा पराजित भए ।
२०४६ देखि निरन्तर पौडेलले जित्दै आएको क्षेत्रमा उनी ठूलो मतान्तरले पराजित भए । यतिसम्म कि २०६४ सालको निर्वाचनमा देशभर माओवादीको लहर आउँदा पनि पौडेलले निर्वाचन जितेका थिए ।
२०४६ सालको परिवर्तनपछि भएका हरेक निर्वाचनमा तनहुँबाट विजयी हुँदै आएका थिए
वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएका हुन्। किसान ३४ हजार ४९२ मत ल्याएर विजयी भए भने पौडेलले २७ हजार ६९० मत पाएका छन्।












