२३ मंसिर, काठमाडौं । प्रनिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ कांग्रेसका ४ उम्मेदवार विजयी भएका छन् । काठमाडौं क्षेत्र नं १० बाट राजेन्द्रकुमार केसी विजयी भएसँगै कांग्रेसका विजयी उम्मेदवारको संख्या ४ पुगेको हो । बहालवला खेलकुद मन्त्री समेत रहेका राजेन्द्र कुमार केसीले वाम गठबन्धनका उम्मेदवारहितमान शाक्यलाई २ हजा २ सय ८३ मतान्तरले पराजित गरेका छन्।
केसीले २४ हजार १ सय ९० मत ल्याए भने वामगठबन्धनका माओवादी उम्मेदवार हितमान शाक्यले २१ हजार ९ सय ७ मत पाए।
प्रतिनिधि सभामा सदस्यमा प्रत्यक्षतर्फ प्रकाशमान सिंहले काठमाडौं १ बाट, गगन कुमार थापाले काठमाडौं ४ बाट र रसुवाबाट मोहन आचार्य जित हासिल गरिसकेका छन् ।












