२३ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक – २ मा एमाले उमेदवार शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले ३८ हजार ४०१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका बलिया प्रतिश्पर्धी ठानिएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा ८ हजार मतान्तरले पराजित भएका छन् । राणाले ३० हजार ३६९ मत ल्याएका छन् ।












