२३ मंसिर, काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले १० हजार ९ सय ३६ मत पाएर विजयी भएका हुन् भने विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले १० हजार १ सय १८ मत पाएर पराजित भएका छन्। चर्चामा रहेका विवेकशील साझाका मिश्र ८१८ मतले पराजित भएका हुन् ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी उम्मेदवार अनिल शर्माले सिंह र मिश्रले भन्दा आधा मात्रै भोट ल्याएका छन् । शर्माले ५ हजार ३ सय ३६ मत पाए । देशभर वामगठबन्धनका उम्मेदवारले जितिरहेको र पराजित भएको स्थानमा समेत सम्मानजनक मत ल्याएको अवस्थामा शर्मा भने दुवै उम्मेदवारभन्दा आधा मतले तल पर्नु लज्जास्पद देखिएको छ ।












