२२ मंसिर, काठमाडौं । ओखलढुङ्गाको पछिल्लो मतगणनामा एमालेका यज्ञराज सुनुवारको अग्रता कायमै छ । शुक्रबार विहानसम्म सुनुवारले १०,४०७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले ९,२३० मत ल्याएर सुनुवारलाई पछ्याइरहेका छन् ।












