२१ मंसिर, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धेरै चर्चामा रहेको गोर्खामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अग्रता लिएका छन् । पछिल्लो ताजा मतपरिणामअनुसार बाबुराम भट्टराईले ८३० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले भने ७६६ मत प्राप्त गरेका छन् । भट्टराईलाई कांग्रेसको समेत समर्थन छ भने श्रेष्ठ वामगठबन्धनका संयक्त उम्मेदवार हुन् ।












