२१ मंसिर, अछाम । अछाम जिल्लामा मतपेटिका लिएर सदरमुकाम जाँदै गरेको टोलीमाथि अज्ञात समूहबाट आक्रमण हुँदा दोहोरो भिडन्त भएको छ । कुइका लेकमा अहिले दुवैपक्षबीच फायरिङ भैरहेको जानकारी नेपालदेशका संवाददाताले दिएका छन् ।
विनायका नगरपालिकाका मतपेटिका सदरमुकाम मंगलसेन लिएर जाँदै गरेको टोलीमाथि अज्ञात समूहले अवरोध गरेपछि दोहोरो फायरिङ भएको हो । जंगलको बीचमा रहेको कुइका लेकमा मतपेटिका सुरक्षित राख्न समस्या भएका कारण त्यहाँ थप सुरक्षा बल पठाइएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।












