२१ मंसिर, काठमाडौं । विहीबार मतगणना सुरु भएका अधिकांश स्थानमा वामगठबन्धनको अग्रता रहे पनि कतिपय स्थानमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन अगाडि देखिएको छ । अहिलेसम्मको अवस्थामा नेपाली कांग्रेसको अग्रता भोजपुरमा मात्रै देखिएको छ । प्रतिनिधि सभा सदस्यको मतगणनामा भोजपुरमा नेपाली कांग्रेसका उमेशजंग रायमाझीले ५९७ वाम गठबन्धनका सुदन किराँतीले ५१३ प्राप्त गरेका छन् । त्यसैगरी संखुवासभामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका दीपक खड्काको ४१६ र वाम गठबन्धनका राजेन्द्र गौतमको ३९५ मत आएको छ ।
दोस्रो संविधान सभामा सभासद् बनेका एमाले उम्मेदवारलाई राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर जबराले उछिनेका छन् । पशुपतिशमशेरले १२८८ र वाम गठबन्धनका शेरबहादुर तामाङले १०९८ मत प्राप्त गरेका छन् । यीबाहेका स्थानमा अहिलेसम्म वामगठबन्धनका उम्मेदवार नै अगाडि देखिएका छन् ।












