२१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन असफल पार्न सरकारले बमकाण्ड रचेको आरोप लगाएका छन् । ओलीले भक्तपुरमा मतदान गरेपछि निर्वाचन सार्न सरकारले धेरै कसरत गरेको आरोप लगाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै ओलीमाथि व्यङ्ग्य गर्दै भनेका थिए ‘ओलीले भोट हालेपछि पनि निर्वाचन सर्छ भन्नेछन्’ । देउवाको आरोपको प्रत्युत्तर फर्काउँदै ओलीले सरकारको षडयन्त्र असफल भएको बताएका हुन् ।
उनले भने ‘छेउछाउमा बम काण्ड भए र केही रचना भए होलान्। सयौँ बम पड्किन्छ सरकार दोषी को हो भन्दैन। सरकारसँग सूचना छैन। कसले पड्कायो भन्ने पनि थाहा नपाउने ? त्यसो भए बम पढ्काउने को थियो त ?
पटकपटक स्थानीय तहको निर्वाचन सारिनु, मतपत्र छाप्न नभ्याउने समस्या खडा गरेर अदालतमा लैजानुबाट देउवाको निर्वाचन सार्ने मनसाय स्पष्ट हुँदै आएको आरोप ओलीको थियो।












