२१ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले मतदान भने ललितपुर क्षेत्र नं ३ बाट गरेका छन् ।
मिश्रले विहान ७ बजे नै ललितपुरको भैँसेपाटीबाट मतदान गरेका हुन्। उनले भैंसेपाटीको रत्नज्योति महिला परिवार भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
आफू उम्मेदवार रहेको क्षेत्र काठमाडौं १ मा बसोबास नरहेका कारण उनले आफूलाई मतदान गर्न भने पाएनन्।













