२१ मंसिर, काठमाडौं । आजको निर्वाचनमा मतदाता परिचयपत्र नभएका मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएको तर कुनै कारणले मतदाता परिचयपत्र नभएका मतदाताका लागि मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
विगतका निर्वाचनमा पनि यस्तो अभ्यास गरिएको भन्दै कुनै कारणवश परिचयपत्र नभएका व्यक्तिले मतदान गर्ने व्यवस्था आयोगले मिलाएको हो । मतदाता परिचयपत्र नभएका मतदाताले फोटोसहितको सरकारी निकायबाट जारी अन्य परिचयपत्रबाट मतदान गर्न पाउने आयोगले जनाएको छ ।
तर नाम ढाँटेर अर्काको नाममा मतदान गर्न खोजेमा वा गरेमा कानुन बमोजिम कारवाही गरिने प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले जानकारी दिएका छन् ।












