२१ मंसिर, काठमाडौं । आज देशका ४५ जिल्लामा निर्वाचन भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनअन्तर्गत बिहीबार बिहान ७ बजेदेखि निर्वाचन भैरहेको हो । विहान ७ बजेदेखि नै मतदाताहरु लाइनमा बसेर मतदान गरिरहेका छन् । मतदान भैरहेका जिल्लामा सुरक्षाको अवस्था कडा पारिएको छ भने अहिलेसम्म कुनै अप्रिय घटना भएका छैनन् ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ । आज मतदान भएका स्थानहरुका मतपेटिका मतदान सकिएपछि सरमुकाम ल्याइने छ भने मंसिर १० गते निर्वाचन भएका ३२ जिल्लाहरुमा आजबाट नै मतगणना सुरु हुने छ ।












