२० मंसिर, झापा । दिउँसै रक्सी खाएर झल्लिएपछि झापामा एक जना मतदान अधिकृतलाई बर्खास्त गरिएको छ। झापा क्षेत्र नम्बर– ३ अन्तर्गत हल्दिबारी गाँउपालिकाको पाराखोपीमा रहेको सरस्वती आधारभूत विद्यालयमा खटाइएका मतदान अधिकृत प्रेमबहादुर लामालाई जिम्मेवारीबाट बर्खास्त गरिएको हो ।
आन्तरिक राजश्व कार्यालय मेचीमा कार्यरत कर्मचारी लामाले निर्वाचन आचारसंहिताविपरीत दिउँसै रक्सी खाएर कामकाज गर्न थालेको जनगुनासो आए उनलाई तत्काल जिम्मेवारीबाट बर्खास्त गरिएको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए।
लामालाई त्यहाँबाट हटाएर सहायक मतदान अधिकृत सीता गुरागाईंलाई मतदान अधिकृतको जिम्मेवारी दिएको उनले बताए। सहायक मतदान अधिकृतको स्थानमा कर्मचारी यमनाथ न्यौपानेलाई पठाइएको छ।












