१७ मंसिर, डडेल्धुरा । डेडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भोट माग्नका लागि डडेल्धुरा पुगेका छन् । देशभरका चुनावी सभालाई सम्बोधन गर्न व्यस्त रहेका देउवा आइतबार आफैका लागि भोट माग्न डडेल्धुरा पुगेका हुन् ।
देउवाले डडेल्धुरामा आइतबार आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गरेका छन् । जिल्लाको अजयमेरुमा आयोजित चुनावी सभालाई उनले सम्बोधन गरेका हुन् । सदा झैं यसपल्ट पनि आफू र आफ्नो दललाई भोट दिन देउवाले आग्रह गरे । नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने दावी समेत देउवाले गरे । वाम गठबन्धनले जिते देशमा लोकतन्त्रमाथि खतरा आउने आरोप समेत उनले लगाए ।
चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस नेता तथा संचारमन्त्री मोहनबहादुर वस्नेत पनि देउवासँगै डडेल्धुरा पुगेका थिए ।












