१४ मंसिर, काठमाडौं । सरकारले मंसिर १५ गते शुक्रबारका लागि सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले विज्ञप्तीमार्फत शुक्रबार सार्वजनिक विदा दिएको जानकारी गराएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्म दिन परेकोले शुक्रबार विदा दिइएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आगामी पुस १० गते डिसेम्बर २५ मा क्रिश्चियन धर्मावलम्बीको महान् चाड क्रिमस डे परेकोले सो दिन समेत विदा दिइएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।













