१४ मंसिर, जनकपुर । आपराधिक मुद्दामा पुुर्पक्षका लागि कारागार जीवन बिताइरहेका सञ्जय साह (टक्ला) ले जेलबाटै फोन गरी कांग्रेसका नेता तथा धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधिको पक्षमा मत मागेका छन् । सिरहा कारागारमा कैदी जीवन बिताइरहेका सञ्जयले पछिल्ला केही दिनदेखि कारागारको फोनबाट जनकपुरका स्थानीय बासिन्दादेखि सञ्चारकर्मीसम्मलाई फोन १४ मंसिर, जनकपुर । गरेर कांग्रेस उम्मेदवार विमलेन्द्र निधिको पक्षमा मत मागिरहेका छन् ।
आजको नयाँ पत्रिकाका अनुसार कैदी जीवन बिताइरहेका साहले जनकपुरको एउटा एफएम रेडियोलाई डेढ घन्टा लामो अन्तर्वार्तासमेत दिएका छन् ।
पत्रकार अजय अनुरागीले सिरहा कारागारमै गएर साहसँग मंगलबार बिहान लिएको अन्तर्वार्ता जनकपुरको मिथिलाञ्चल एफएम ९१०५ मेगाहर्ज० ले मंगलबार साँझ प्रशारण गरेको थियो । जेल प्रशासनसँगको सहमतिमै पत्रकार अुनरागीले साहसँग अन्तर्वार्ता लिएका हुन् । साहसँगको अन्तर्वार्ता रेकर्ड गर्दा जेलर शंकरलाल कर्ण पनि सँगै रहेका अन्य कैदीहरूले बताएका छन् ।
मिथिलाञ्चल एफएमले मंगलबार साँझ साहसँगको डेढ घन्टा लामो अन्तर्वार्ता प्रशारण गरेपछि अहिले यो विषयले तराईमा व्यापक चर्चा पाएको छ । मंगलबार साँझ साहले जेलभित्रैबाट दिएको अन्तर्वार्ता सुनेपछि बुधबार विभिन्न सञ्चार माध्यमका पत्रकार साहलाई भेट्न कारागार पुगेका थिए । तर, बुधबार भने प्रशासनले साहलाई सञ्चारकर्मीसँग भेट गर्न रोक लगाएको छ । कारागारमा सुरक्षाको लागि तैनाथ प्रहरीका असई र नेपाली सेनाका जवानले साहलाई भेट्न नपाइने भन्दै सञ्चाकर्मीलाई फर्काएका छन् ।
दोस्रो संविधान सभामा शाह राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट प्रत्यक्ष निर्वाचित थिए । अहिले महतोको विरुद्धमा शाहले निधिका लागि भोट मागिरहेका हुन् ।













