१३ मंसिर, उदयपुर । उदयपुरमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवारसहित ६ जना घाइते भएका छन् । उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार विस्फोटमा परी धनमाया धौलाकोटी, राजन कार्की र निरा कटुवाल घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता हुन् । बम विस्फोटलगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।
चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।












