१२ मंसिर, हुम्ला, । हुम्लाको सिमिकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटनामा परेको छ ।
आज विहान उडान गर्ने क्रममा विमानको टायर पञ्चर भएपछि विमान दुर्घटनामा परेको हो । दुर्घटनाका कारण विमानको अगाडिको भागमा क्षति पुगेको छ ।
विमान दुर्घटना हुँदा विमान चालक सहित पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घाइतेहरूमा पाइलटद्वय बसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीन जना चुनाव सकेर फर्किदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिएका छन्।
घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको छ ।












