नेपाली कांग्रेस र नेकपा एमालेले वाग्लुङको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेद्वारी चयन गर्दै छन् । कांग्रेसको आज बस्ने संसदीय बोर्डको बैठकले उम्मेदवार चयन गर्ने छ । त्यस्तै एमालेको स्थायी कमिटी बैठकले आफ्नो उम्मेदवार चयन गर्ने जनाएको छ । वाग्लुङ १ का लागि चार जना उम्मेदवारको सूची रहेको र एक जना चयन गर्ने जानकारी एमाले सचिव योगेश भट्टराईले नेपाल देशलाई दिए । त्यस्तै आजको संसदीय बोर्डले उम्मेदवार चयन गर्ने जानकारी कांग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले दिए । एमाओवादीले भने पार्टी प्रवक्ता दीनानाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय गरी सकेको छ ।











