११ मंसिर, नुवाकोट । आइतबारको मतदान सम्पन्न गरी घर फर्कंदै गरेका उम्मेदवारमाथि नुवाकोटमा बम आक्रमण भएको छ । नुवाकोटको विदुर नगरपालिका अगुटार अधेरी खोलामा वामगठबन्धनका उम्मेदवारलाई लक्षित गरी गएरति बम आक्रमण भएको हो । नुवाकोट क्षेत्र नं. २ अन्तर्गत प्रदेश ख का बामगठबन्धनका उम्मेद्वार हिरानाथ खतिवडा चढेको गाडीलाई लक्षित गर्दै विदुर नगरपालिकाको ७ र ९ नं. सिमानामा पर्ने अगुटार अधेरी खोलामा बम बिष्फोट गराइएको हो । निर्वाचन सम्पन्न भएपछि घर फर्किरहेका बेला राती विष्फोट भएको स्थानीय निराजन बोगटीले जानकारी दिए ।
उम्मेद्वार खतिवडा चढेको गाडीमा वाइसिएल नगर अध्यक्ष दिनेश बोगटी, सदस्य सचिन बोगटी , सरोज बोगटी लगाएतका नेताहरु सवार थिए । विष्फोटबाट कुनै मानवीय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।












