१० मंसिर, काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा देशभर औसतमा ६५ प्रतिशत मत खसेको छ । पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार ३२ जिल्लामा भएको मतदानमा औसतमा ६५ प्रतिशत मतदान भएको हो ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार सबैभन्दा बढी प्रतिशत मत बाजुरामा खसेको छ । बाजुरामा ८० प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।
मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ। उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो । दोस्रो चरणको निर्वाचन मंसिर २१ गते निर्वाचन हुने छ ।












