९ मङ्सिर, रुकुम । पूर्वीरुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोटतर्फ गैरहेको ग १ ज ४२६० नम्वरको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिकाको वडा नम्बर ६ स्थित कालिमाटी भन्ने स्थानमा शुक्रबार साँझ जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा मुसीकोट नगरपालिका १ का सुदन श्रेष्ठ, जनक शाह, शेरबहादुर श्रेष्ठ, मुसीकोट नगरपालिकाकी सुरेखा शाह रहेका छन् । यस्तै त्रिवेणी गाँउपालिका १ की यमुना मल्ल र रुकुमकोटका नविन श्रेष्ठ र अनिता प्रधानको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले पुष्टि गरेको छ ।
दुर्घटनामा चालक र सहचालक सहित ३ जना घाइते भएको र उनीहरुको उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
दुघर्टनामा परेको जिप मध्यपहाडी लोकमार्गबाट झण्डै एक सय मिटर तल पुगेको वताइएको छ । प्रहरीले ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ्र












