९ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापास्थितघरमा शनिबार विहानै बम विष्फोट भएको छ । शनिबार बिहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको हो । बम विष्फोट भएको खबर पाएपछि सुरक्षाकर्मीको टोली त्यहाँ पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।
विस्फोटबाट गेटमा सामान्य क्षति भएको छ भने विष्फोट नभएको विष्फोटक पदार्थ पनि ओलीको घरबाहिर भेटिएको छ । विष्फोट नभएको विष्फोटक पदार्थलाई निस्क्रिय पार्ने काम भैरहेको छ । ओली झापाबाट प्रनिनिधि सभा सदस्यको उम्मेदवार रहेका छन् ।












