७ मंसिर, काठमाडौं । नयाँ संविधान जारी भएपछि पहिलोपल्ट प्रतिनिधि सभा र संघीय प्रदेशका जनप्रतिनिधिको निर्वाचन हुँदैछ । दुई चरणमा हुन लागेको निर्वाचनमध्ये पहिलो चरणका ३१ जिल्लामा निर्वाचन हुन अब ३ दिन मात्र बाँकी छ । बाँकी ४४ जिल्लामा भने मंसिर २१ मात्रै निर्वाचन हुने छ ।
दुई चरणमा निर्वाचन सम्पन्न गर्ने निर्णय निर्वाचन आयोगले गत भदौ १५ मा गरेको थियो । सरकार तथा राजनीतिक दलको परामर्शमा निर्वाचन आयोगले निर्वाचन दुई चरणमा सम्पन्न गर्ने निर्णय गर्दै सोहीअनुसार निर्वाचनको अन्तिम तयारी गरेको छ । पहिलो चरणमा निर्वाचन हुने ३१ जिल्ला र दोस्रो चरणमा निर्वाचन हुने ४४ जिल्ला रहे पनि फरक प्रदेशको विभाजनमा परेका दुई जिल्ला रुकुम र नवलपरासीलाई चार जिल्ला मान्दै निर्वाचन आयोगले पहिलो चरणमा ३२ जिल्ला र दोस्रो चरणमा ४५ जिल्ला भनी सूचना जारी गरेको छ जुन आयोगको वेभसाइटमा समेत हेर्न सकिन्छ :
पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुने जिल्लाहरु
प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र
खोटाङ,
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र
डोल्पा,
प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र वैतडी ।
दोस्रो चरणअन्तर्गत मंसिर २१ गते निर्वाचन हुने जिल्लाहरु
प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी
प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट
प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं,
ललितपुर र भक्तपुर
प्रदेश नं ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत
प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी,
रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया
प्रदेश नं ६ : सल्यान, सुर्खेत र दैलेख,
प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।












