४ मंसिर, काठमाडौं । आइतबार दिवंगत भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको काजकिरिया नगरिने भएको छ । दाहाल परिवार नै कम्युनिस्ट राजनीतिमा रहेका कारण प्रकाशको काजकिरिया नगरिने भएको हो । दाहाल परिवार
कम्युनिस्ट राजनीतिमा रहेकाले काजकिरिया गर्ने प्रचलन छैन नभएको स्व प्रकाश दाहालकाका मामा हेमराज पौडेलले जानकारी दिए । अर्कोतर्फ प्रचण्डले चनावी अभियानलाई भने नरोक्ब्न भनिसकेका छन् ।
दाहालको गृहजिल्ला चितवनमा एमाले–माओवादी केन्द्रले मंगलबार श्रद्धाञ्जलि सभाको आयोजना गर्ने भएका छन् । भरतपुरको केन्द्रीय बसपार्कमा एमाले–माओवादी केन्द्रले मंगलबारका चुनावी सभा गर्ने तय गरेका थिए । पूर्वनिर्धारित चुनावी सभालाई श्रद्धाञ्जलि सभामा परिणत गर्ने ती दलहरुले जनाएका छन् । श्रद्धाञ्जलि सभालाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।












