३ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको आजै आर्यघाटमा अन्त्यष्टि गरिएको छ । अन्त्येष्टिका क्रममा प्रचण्डले छोरा प्रकाशलाई दागबत्ती दिएका छन्। अन्त्येष्टि कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता आर्यघाट पुगेका थिए ।
अन्त्येष्टि गर्नुभन्दा पहिले केही समय प्रकाशको शव माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडामा समेत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा विशिष्ट व्यक्ति पुगेर प्रकाशलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।
प्रचण्डपुत्र प्रकाशको हृदयघातका कारण आज विहान लाजिम्पाटस्थित आफ्नै निवासमा निधन भएको थियो ।












