३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भावुक हुँदै आफ्ना छोरा प्रकाशलाई अन्तिम श्रद्धाञ्जलि दिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा प्रकाशको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि प्रचण्डले माला लगाएर अन्तिम श्रद्धाञ्जलि दिएका हुन् । प्रकाशको श्रद्धाञ्जलिका वेला प्रचण्ड निकै भावुक र गम्भीर मुद्रामा देखिन्थे । मुठ्ठी उठाएर छोरा प्रकाशलाई सलाम गर्दा समेत प्रचण्डका ओठ काँपिरहेका थिए र आँखाबाट आँस झरिरकेहा थिए ।
पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरु समेत श्रद्धाञ्जलिका समयमा गम्भीर र चिन्तित देखिएका थिए ।












