३ मंसिर, काठमाडौं । हृदयघातका कारण आकस्मिक निधन भएका प्रचण्डपुत्र प्रकाश दाहालको शव अहिले पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ । पार्टीका तर्फबाट अन्तिम श्रद्धाञ्जलिका लागि प्रकाशको शव नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा राखिएको हो ।
उनको शव ४ बजेसम्म पेरिसडाँडामा राखिने र त्यसपछि आजै आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रले जनाएको छ । प्रकाशलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि राजनीतिक दलका नेता, कार्यकर्ताहरु पेरिसडाँडा पुगेका छन् ।












