२५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ । ९० वर्षको उमेरका विष्टको आज विहान १०ः३० बजे उनकै निवास ज्ञानेश्वरमा निधन भएको हो ।
विष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए । विष्ट लामो समयदेखि क्यान्सर रोगबाट पिडित थिए । रोगकै कारण उनले एक वर्षदेखि ओछ्यानमै गरिरहेका थिए ।












