२२ कात्तिक, विराटनगर । राष्ट्रिय जनता पार्टी मोरङले प्रदेश नं १ को राजधानी विराटनगरलाई बनाउनुपर्ने निर्णय गरेको छ ।
राजपाले विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो निर्णयको जानकारी गराएको हो । संयोजक मोहम्मद कादिरले आवश्यक पूर्वाधार भएकाले विराटनगर नै प्रादेशिक राजधानी हुनुपर्ने निर्णय गरिएको बताए ।
त्यस्तै पार्टी निर्णयविरुद्ध अन्य पार्टीबाट मोरङ क्षेत्र नं ४ को ख मा उम्मेदवारी दिएका श्रीराम कामतलगायत नसरुल, मियाँ, राधे कामल र कमलेस कामतलाई कारवाही गरिएको पनि उनले जानकारी दिए ।
संयोजक कादिरले राजपाले १ नं प्रदेशमा अन्य कुनै पार्टीसँग तालमेल नगरेको बताउँदै संविधान संशोधन गर्न आफ्ना पार्टीका उम्मेदवारलाई जनताले विजयी गराउने दाबी गर्नुभयो ।
राजपाले मोरङमा १ नं क्षेत्रबाहेक प्रतिनिधिसभामा पाँच र क्षेत्र नं ४ को ९ख० बाहेक ११ गरी १६ स्थानमा उम्मेदवारी दिएको सो अवसरमा जानकारी दिइयो ।












