शरद रेग्मी
दाङ, फागुन ८। एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर वाबुराम भट्टराईले ०५२ सालकै स्थिति दोहरिने संभावना प्रवल वनेको वताउनु भएको छ । रिपोटर्स क्लब नेपाल जिल्ला शाखा दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै डा. भट्टराईले शान्ति सम्झौताका दुई पक्षधर मध्य काँग्रेस, एमाले एकलौटी ढंगले चल्न खोजेकोले शान्ति सम्झौता भंग भएको बताउनु भएको हो । उहाँले मुलुक एतिहासकै गम्भिर मोडमा पुगेको समेत वताउनु भयो । शान्ति सम्झौता गर्दा सुशील कोइराला र केपी ओली दुवै जना नभएको र अहिले उनीहरुकै सत्तामा हालिमुहाली हुँदा अब आफूहरुले सोच्नेवेला आएको उहाँको कथन थियो । डा. भट्टराईले भन्नुभयो ‘माघ ११ गते उनीहरु एकपक्षिय ढंगले चल्दा शान्ति संझौता भंग भयो ।’ उहाँले काँग्रेस एमालेले संविधानसभालाई संसदमा परिवर्तण गरेको आरोप पनि लगाउनु भयो । अब नागरीक कर्मी र शान्ति संझौताका अन्य साक्क्षिहरुले सत्यकुरा भन्नुपर्ने वेला आएको उहाँको धारणा थियो । एमाओवादीका वरिष्ठ नेता भट्टराईले सहमति चाहाने हो भने शान्ति प्रकृयाका दुई पक्ष विच सहकार्य गरेर जानुको विकल्प नरहेको समेत दोहर्याउनु भएको थियो । एक फरक प्रशंगमा पूर्वराजा ज्ञानेन्द्र शाहले भने झै एमाओवादीले उहाँसंग कुनै संझौता नगरको उहाँको स्पट पार्नुभयो । पूर्वराजाले पानि धमिलिएको वेलामा माछा मार्ने दुस्साहास मात्रै गरेको उहाँको भनाई थियो । ज्ञानेन्द्र विरामि परेको वेला स्वास्थ्य लाभको कामना गर्न अस्पताल गएको वाहेक अघिपछि भेट नगरको उहाँले दावि गर्नुभएको छ । यदि काँग्रेस र एमालेले कुनै सम्झौता गरेको भए सार्वजनिक गर्नुपर्ने उहाँले वताउनु भयो ।











