२३ असोज , काठमाडौ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि प्रहरीले शंकास्पद ३ जनालाई पक्राऊ गरेको छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले काभ्रेको रोसी गाउँपालिकाका छिरिङ तामाङ, सञ्जय तामाङ, दिलिप लामालाई पेस्तालसहित पक्राउ गरेको छ । उनीहरु मनमैजुबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्ति नै गौचनका हत्यारा हुन् या होइनन् भन्ने अझै नखुलेको र अनुसन्धान भइरहेहको एआइजी जयबहादुर चन्दले बताए ।
यता गौचनका परिवार र निर्माण व्यवसायीले हत्यारा पत्ता नलगाएसम्म शव नबुझ्ने भन्दै नारावाजी गरिरहेका छन् । निर्माण व्यवसायीले हत्यारा पत्ता नलगाएसम्म सम्पूर्ण विकास निर्माणका काम रोक्ने चेतावनी दिएका छन् ।













