२४ साउन, काठमाडौं । व्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा फुटाइएको समाचार सार्वजनिक भएको छ । राप्रपा फुटाउनका लागि देउवाले उवाले करोडौं रुपैयाँ खर्च गरेको समेत समाचारमा जनाइएको छ ।
२०५२ मा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ वर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् ।
२०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाए थिए आजको दृष्टि साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।












