२१ साउन, काठमाडौं । लोकतान्त्रिक आन्दोलनपछिको तेस्रो चुनावका रुपमा देशमा स्थानीय चुनाव भयो र हुँदै छ । पहिलो संविधान सभामा माओवादी बाढीसरह मत पायो तर जनताको त्यो मतको कुनै वास्ता गरेन । दोस्रो संविधान सभामा माओवादी अध्यक्ष प्रचण्डलाई नै जित्न समस्या पर्यो र सिराहामा अनेक प्रकरण गरेर उनलाई जिताइयो । तर तेस्रो चुनावमा त माओवादीको एजेण्डा माओवादी अध्यक्ष प्रचण्डकी छोरी जिताउनमा सिमित भयो र त्यसका लागि ठूलै हत्कण्डा गर्नुपर्यो । साम्यवादको लक्ष्य लिएको माओवादीको यो प्रकरणले जनयुद्ध, लोकतान्त्रिक आन्दोलनको अन्तिम लक्ष्य परिवारवाद नै हो कि भन्ने देखिएको छ ।
तर, सिक्काको अर्को पाटो पनि छ रेणु दाहाललाई प्रचण्डपुत्री भन्ने आँखाले मात्रै हेरिइयो । पदमा पुगेका नेताका छोराछोरी सके विदेश नसके दलाली गरेर पैसा कमाउन लागेका छन् । छोरोछोरी नहुने शीर्ष नेताहरुले सालासाली र अरौटेभरौटेलाई महानगरको मेयरको टिकट दिएर र गठबन्धन गरेर जिताउने पनि काम गरे । के रेणुमाथि एकलौटी दृष्टि राखेर प्रचण्डकी पुत्री भएकै कारण सधैं विभेद गर्न पाइन्छ भन्ने प्रत्युत्तर पनि आइरहन्छ ।
साम, दाम, दण्ड, भेद आर्य परम्पराको राजनीतिक मन्त्र हो । हिन्दू संंस्कृतिको विरोध गर्ने प्रचण्डले भैंसीपूजा गरेकै कारण अन्ततः उनले यो संस्कृति परित्याग नगरेको र स्वार्थअनुकुल प्रयोग गरेको स्पष्ट बुझ्न सकिन्छ । यो त्यही प्रकरण पनि होला । भागवण्डाको राजनीतिमा माओवादीलाई एउटा पनि महानगरको नेतृत्व नहुँदा माओवादीलाई औडाहा नहुने पनि कुरै भएन । तर, त्यो भाग प्रचण्डसन्ततिले नै पाउनुपर्ने कारण चाहिँ गज्जबकै छ माओवादीको ।
विश्लेषण र अध्ययनको कुरा भैरहला तर स्थानीय निर्वाचनको सबैभन्दा चर्चित पात्र रेणु दाहाल को हुन् एकपल्ट राम्ररी बुझ्न आवश्यक छ ।
पढ्नुहोस् उनी को हुन् ?
रेणुको बाल्यकाल
रेणु दाहाल नेकपा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी माइली छोरी हुन । आमा सिता दाहाल र बुवा प्रचण्डकी माइली छोरी चितवनमा तीन दिदीबहिनी र १ भाइबीच बाल्यकाल विताईन । रेणु दाहालको जन्म २०३३ असार २१ गते शिवरनगर गाविस भिमसेननगर, चितवनमा भएको हो । सामान्य परिवारमा जन्मिएकी रेणुको बाल्यकाल घरगाउँमै वित्यो । बुबा प्रचण्डको अध्यापन पेशासँगै भूमिगत राजनीतिले आमा सिताले सबै छोराछोरीको हेरचाह गरिन् ।
राजनीतिक यात्रा
सानै देखि राजनीतिक पृष्ठभूमिमा हुर्किएकीले उनले राजनीतिको अनुभूति नजिकबाट गर्ने मोर्का पाइन । ०५१ सालमा तत्कालिन नेकपा माओवादीको सदस्यता लिएकी रेणु ०५३ सालदेखि पार्टीको पूर्णकालिन कार्यकर्ता भएर भूमिगत जीवन विताइन ।

२०५४ सालमा एरिया कमिटी सदस्य भएकी रेणु दाहाल २०५६ मा पार्टीको जिल्ला कमिटी सदस्य भईन । उनी ०६२ सालमा रोल्पा जिल्लाको नेकपा माओवादीको सह–इन्चार्ज हुर्दै नेकपा माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिवको जिम्मेवारीसम्म पुगिन ।
उनी शान्तिप्रक्रियामा आएपछि काठमाडौंको सहसचिव समेत भईन । उनले नेपालमाभन्दा पनि भारतका धेरै ठाउँमा पार्टीले दिएका जिम्मेवारी पुरा गरिन जनयुद्ध कालमा । रेणु १० कक्षा पढ्दापढ्दै भूमिगत राजनीति थालेकी भएपनि प्रवेशीका परिक्षा भने पास गरिन । उनी अखिल भारत नेपाली महिलाको अध्यक्ष हुँदै ०५६ मा माओवादी जिल्ला समितिको सदस्य भईन । उनका श्रीमान् अर्जुन पाठक पनि जनयुद्ध कालदेखिकै पुराना कार्यकर्ता हुन । पाठक अहिलेपनि राजनीतिका सक्रिय छन् ।
संविधानसधाको अनुभव
उत्पीडित जाति, क्षेत्र र लिंगलाई अधिकार सम्पन्न बनाउन नै सविधानमा सुनिश्चित गराउने उनेको मुख्य एजेण्डा थियो ।
पहिलो संविधानसभामा समानुपातिक सभासद् भएकी रेणु २०७० सालमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा लौहपुरुष गणेशमान सिंहका छोरा तथा तत्कालिन नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहसँग चुनावी प्रतिस्पर्धा गरिन । तर परिणाम आफु अनुकुल हुन सकेन ।
गृहजिल्ला नै प्यारो
२० वर्षपछि आफ्नो गृहजिल्ला चितवनमा रेणु राजनीति गर्न पुगिन । जनयुद्ध कालदेखि चितवनमा माओवादीको राम्रो प्रभाव भएपनि पछिल्ला दिनमा भने निकै खस्केको थियो । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पद मेयरका लागि उम्मेदवारी दिइन । उनै प्रचण्डका नाममा चिनिने रेणु प्रचण्डपुत्री मात्र नभई जनयुद्ध कालदेखिनै राजनीतिक छवि बनाएकी महिलाको रुपमा भरतपुरमा प्रस्तुत भइन ।
चुनावको लागि मात्रै आफू चितवनलाई आधार क्षेत्र बनाएर नआएको भन्दै अब आफ्नो राजनीति चितवनबाटै गर्ने रेणुको दिर्णता व्यक्त गरिन ।
गठबन्धनको बल
पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत रेणु तीन नम्बर प्रदेशको चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मेयर पदका लागि प्रतिस्पर्धा गरिन ।
नेपाली कांग्रेस र माओवादीको संयुक्त प्यानलकी उम्मेदवार रेणुले एमाले मेयरका उम्मेदवार देवि ज्ञवालीसँग कडा प्रतिस्पर्धा गरिन । रेणु र देविको चर्चा यतिकैमा टुंगीएन । उम्मेदवारी घोषणादेखि नतिजा नआउँदासम्म भयो ।
बैशाख ३१ गते सम्पन्न मतदानको मतपत्र गन्दै जादाँ जेठ १४ गते राती १९ नम्बर वडाका मतपत्र च्यातिएपछि प्रक्रिया लम्बियो । निर्वाचन आयोगले तत्काल निर्वाचनको मिति घोषणा गरेपनि तगारो बन्यो कानून । अन्ततः लामो समयसम्म पेशी सारदै आएको सर्वोच्च अदालतले पुनः मदतान गर्ने बाटो खुल्ला ग¥यो ।
नमुना शहर बनाउँछु
मेयरमा विजयी रेणुले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको शहर बनाउने प्रतिवद्धता जनाएकी छन् । आफुले भरतपुरलाई अन्य प्रतिस्पर्धी शहरको तुलनामा नमूना योग्य बनाउने भन्दै सबै मतदानामा धन्यवाद दिएकी छन् । आफनो जितले भरपुरबासीको जित भएकाले आफु काममा प्रतिवद्ध भई सबैसँग सकार्य गर्ने प्रतिक्रिया दिएकी छन् ।













