८ साउन, काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज सोमबार पनि सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । शनिबारदेखि सुरु भएको बैठकमा पार्टी पदाधिकारी एवम् केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने क्रम आइतबार समेत नसकिएपछि सोमबार पनि बैठक जारी रहेको हो ।
सोमबारको बैठकमा केन्द्रीय सदस्य डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडू, एनपी साउद, अर्जुनप्रसाद जोशी, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, अम्बिका बस्नेत, पुष्पा भुसाल, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश लेखक र किरण यादवले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा धारण राख्ने केन्द्रीय सदस्हरुले दुई चरणको स्थानीय निर्वाचनमा कांग्रेस दोस्रो बन्नुका कारण बारे आआफ्ना तर्कहरु प्रस्तुत गरेका छन् । तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीको महाअभियोग प्रकरण, प्रहरी प्रमुख नियुक्ति प्रकरणले पार्टी वदनाम भएको धारणा नेता रामचन्द्र पक्षीय नेताहरुले व्यक्त गरेका छन् । त्यस्तै पार्टीभित्र अन्तर्घात भएकोले पार्टी पराजित भएको आरोप सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुको छ ।












