९ साउन, चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि बाह्रबिसे र तातोपानी जोड्ने सडकमा यातायात आवागमन बन्द भएको छ ।
फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
पुल भाँचिएपछि तातोपानीका बासिन्दालाई छिमेकी वडा र बाह्रबिसे आउनका लागि समेत समस्या भएको स्थानीयहरुले बताएका छन् ।












