४ साउन, काठमाडौं । मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालमा भर्ना भएका छन् ।
शाह वुधबार विहान नर्भिक अस्पतालमा भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि उनलाई भर्ना गरिएको शाहको निजी सचिवालयले जनाएको छ ।
मुटुको समस्या समाधानकालागि एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी अस्पतालले गरेको छ छ । यद्यपि शाहको मुटुको समस्या धेरै जटील भने नभएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । शाह आकस्मिक समस्याकाकारण अस्पताल भर्ना नभएर नियमित चेकजाँचमा देखिएको समस्याका कारण भर्ना भएका हुन् । भविष्यमा जटील समस्या आउन नदिने पूर्वनिदानका लागि उनको मुटुको उपचार थालिएको हो ।












